२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

“एक खाता एक रुख !”, यस्तो छ कुमारी बैंकले ल्याएको ग्रिन सेभिङ्गस् डिपोजिट अकाउन्ट


सञ्चार डबली
  • मंगलबार, कात्तिक २५ २०८२
  • 3.4K
    SHARES

  • images
    “एक खाता एक रुख !”, यस्तो छ कुमारी बैंकले ल्याएको ग्रिन सेभिङ्गस् डिपोजिट अकाउन्ट

    काठमाडौं। कुमारी बैंकले ग्रिन सेभिङ्गस् डिपोजिट अकाउन्ट (Sustainable Development Goals) नामक निक्षेप योजना ल्याएको छ। नेपालकै लोकप्रिय बैंक कुमारी बैंकले ल्याएको ग्रिन सेभिङ्गस् अकाउन्ट खोल्दा ग्राहकहरुलाई धेरै फाइदाजनक छ ।

    दिगो विकासका लक्ष्यहरु (Sustainable Development Goals) प्राप्तिका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धताहरुलाई आफ्नो सेवा, सुविधा, प्रक्रिया तथा व्यवसायिक साझेदारीहरु मार्फत टेवा पु¥याउन अग्रसर बैंकले ल्याएको यस योजनाले ग्राहकहरुमा थप आकर्षण बढ्ने देखिन्छ ।  

    यो कस्तो प्रकारको खाता हो ?

    “एक खाता एक रुख” सिद्धान्तमा आधारित यो योजना अन्तर्गत खोलिने हरेक खाता बापत एक रुख बैंकका तर्फबाट रोपिन्छ ।  प्रत्येक निक्षेपकर्ताहरुकोे पर्यावरण संरक्षण तथा प्रवद्र्धनमा अप्रत्यक्ष रुपमा सहभागिता हुन्छ । जसले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

    खातावालहरुलाई यस्ता छन् आकर्षक सुविधाहरु

    –साधारण बचत खाताको भन्दा ०.२५ प्रतिशत अधिक ब्याजदर
    –एक लाख सम्मको बिमा सुविधा
    –दुई वर्ष सम्म निःशुल्क मोबाइल बैकिङ्ग सेवा
    –दुई लाख सम्मको फोनलोन सुबिधा (योग्यता अनुसार)
    –यस योजना अन्तर्गत खोलिएका प्रत्येक खाता बापत एक रुख रोपिने

    दिगो बैकिङ्ग विभागका प्रमुख अर्पण पौडेलको भनाईः

    यस योजनाबाट संकलन हुने निक्षेपलाई दिगो विकास प्रवद्र्धन गर्ने, पर्यावरणलाई सकरात्मक प्रभाव पर्दछ । कर्जा प्रवाह गर्ने तथा प्रत्येक खाता बापत एक रुख रोप्ने भएकोले यस अभ्यासबाट वातावरण संरक्षणमा दोहोरो प्रभाव सृजना हुन्छ । बैंकले सबै शाखाहरूमा यो योजना उपलब्ध गराएको छ । इच्छुक ग्राहकहरूले बैंकको वेबसाईट वा नजिकको शाखामा सम्पर्क गरी विस्तृत जानकारी लिन सक्नेछन् ।

    बैंकको बारे जानकारी :

    विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन तथा दिगो विकासका अन्य लक्ष्यहरु हसिल गर्न संस्थागत सामाजिक उत्तरदयित्व अन्तर्गत विभिन्न परियोजनाहरुमा सहभागी भइरहेको छ ।

    देशभर रहेका अफ्नो  ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend