२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सिद्धार्थ बैंकको नाफा १५ प्रतिशतले घट्यो


सञ्चार डबली
  • आइतबार, कात्तिक २३ २०८२
  • 3.5K
    SHARES

  • images
    सिद्धार्थ बैंकको नाफा १५ प्रतिशतले घट्यो

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिद्धार्थ बैंकको खुद नाफा १५ प्रतिशत घटेको छ । यस अवधिमा बैंकको खुद नाफा ३२ करोड ४० लाख रुपैयाँ छ ।

    गत आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा ३८ करोड २० लाख रुपैयाँ थियो । बैंकको लोन लस प्रोभिजन बढ्दा नाफामा असर परेको हो । यस्तो रकम गत आवमा १ अर्ब रुपैयाँ रहेकोमा अहिले १ अर्ब ३८ करोड छ ।

    बैंकको खुद ब्याज आम्दानी भने बढेको छ । यस्तो आम्दानी गत आवमा २ अर्ब ८ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब १६ करोड रुपैयाँ छ ।

    बैंकले निष्क्रिय कर्जामा केही सुधार गरेको छ । गत वर्षको असोज मसान्तसम्म निष्क्रिय कर्जाको अंश ३.९१ प्रतिशत रहेकोमा यो असोज मसान्तसम्म ३.८० प्रतिशत छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ६१ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा ११.४७ रुपैयाँ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend