२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रभु बैंकको मुनाफा ५५ करोड ८४ लाख मात्रै, खुद ब्याज आम्दानी बढ्यो


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २१ २०८२
  • 5.8K
    SHARES

  • images
    प्रभु बैंकको मुनाफा ५५ करोड ८४ लाख मात्रै, खुद ब्याज आम्दानी बढ्यो

    काठमाडौं। प्रभु बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार बैंकको मुनाफा ५५ करोड ८४ लाख ८३ हजार रुपैयाँ रहेको छ। 

    बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.३३ प्रतिशतले घटेको हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले यस्तो मुनाफा १ अर्ब ४ करोड ६ लाख कमाएको थियो ।

    त्रैमासिक अवधिमा बैंकको खुद ब्याज आम्दानीमा सुधार हुँदा १०.१४ प्रतिशतले बढेर २ अर्ब ८९ करोड ५२ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।

    गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ६२ करोड ८६ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन नाफा १ अर्ब १७ करोड २० लाख रुपैयाँ छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.५१ प्रतिशतले कम हो। 

    गत आर्थिक वर्षको सोही अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब ४ करोड ३९ लाख थियो। हाल २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ५५ करोड ६० लाख सञ्चित छ। बैंकको वितरणयोग्य नाफा भने बढेको छ। 

    प्रतिसेयर आम्दानी ९.४९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६३.५५ रुपैयाँ छ रहेको बैंकको खराब कर्जा ४.९४ प्रतिशतबाट बढेर ५.७८ प्रतिशत पुगेको वित्तीय विवरणमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend