२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कुमारी बैंकको खुद नाफा १ अर्ब ५ करोड, खुद ब्याज आम्दानी बढ्यो


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २१ २०८२
  • 4.4K
    SHARES

  • images
    कुमारी बैंकको खुद नाफा १ अर्ब ५ करोड, खुद ब्याज आम्दानी बढ्यो

    काठमाडौं। कुमारी बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार बैंकको सञ्चालन मुनाफा र खुद नाफा भने समीक्षा अवधिमा सामान्य घटेको छ।

    समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ८.११ प्रतिशत घटेको छ भने खुद नाफा २.०१ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले चालू आर्थिक वर्षको सोही अवधिसम्म १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको हो।

    बैंकले सो अवधिसम्म २ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

    यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.७७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्म बैंकले २ अर्ब ८० करोड रुपैयाँ यस्तो आम्दानी गरेको थियो। समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिसन आम्दानी ३९.६३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १३.१२ प्रतिशत बढेको छ।

    खुद ब्याज आम्दानी बढे पनि बैंकको निष्क्रिय कर्जा बढेका कारण इम्पेरमेन्ट चार्ज १ अर्ब २६ करोड रुपैयाँ पुगेपछि सञ्चालन मुनाफा र खुद नाफामा दबाब पुगेको हो।

    पहिलो त्रैमासको अन्त्यसम्म बैंकले ३ खर्ब ६० अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६९ अर्ब ४१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।
    समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३३ पैसा घटेर १६ रुपैयाँ ११ पैसामा झरेको छ। असोजसम्म बैंकको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ २१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११.२६ गुणा रहेको छ।

    २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ८५ करोड ७० लाख रुपैयाँ सञ्चित छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend