काठमाडौं। ग्लोबल आइएमई बैंकले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले प्रकाशित गरेको त्रैमासिक वित्तीय विवरणमा अधिकांश वित्तीय सूचक सकारात्मक देखिएका छन्। बैंकको नाफासहित अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको हो।
बैंकले त्रैमासिक अवधिमा १ अर्ब ८५ करोड ८६ लाख ५० हजार नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको तुलनामा २२.९१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ६१ लाखबाट बढेर ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ पुगेको छ। तीन महिने अवधिमा बैंकको खराब कर्जा ४.९८ प्रतिशत छ। प्रतिसेयर आम्दानी १९.५१ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १७९.५० रुपैयाँ रहेको बैंकले गरेको विवरणमा उल्लेख छ।
बैंकले खुद ब्याज आम्दानीमार्फत ४ अर्ब १३ करोड ३० लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ। गत आर्थिक वर्षमा बैंकको यस्तो आम्दानी ४ अर्ब ११ करोड ८९ लाख थियो।
बैंकको असोजसम्म सञ्चालन नाफा १०.४३ प्रतिशतले बढेर २ अर्ब २७ करोड १६ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा २ अर्ब १४ करोड ७४ लाख रुपैयाँ थियो।
चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ६७ करोड ६६ लाख सञ्चित छ।


