२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

माछापुच्छ्रे बैंकको खुद नाफा ४१ करोड ७९ लाख, सञ्चालन मुनाफा ४०.१५ प्रतिशत घट्यो


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २१ २०८२
  • 3.9K
    SHARES

  • images
    माछापुच्छ्रे बैंकको खुद नाफा ४१ करोड ७९ लाख, सञ्चालन मुनाफा ४०.१५ प्रतिशत घट्यो

    काठमाडौं। माछापुच्छ्रे बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार गत वर्षको तुलनामा बैंकको खुद नाफा र प्रतिसेयर आम्दानी दुवै घटेका छन्।

    बैंकले चालू आर्थिक वर्षको त्रैमासिकम अवधि असोजसम्म ४१ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्म बैंकले ५० करोड ३२ रुपैयाँ खुद नाफा कमाएको थियो।

    बैंकको खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.६० प्रतिशत घटेको छ भने खुद फी तथा कमिसन आम्दानी २३.७० प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ६.२७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४०.१५ प्रतिशत घटेको वित्तीय विवरणमा उल्लेख छ।

    बैंकको इम्पेरमेन्ट चार्ज बढेर ४६ करोड ८ लाख पुग्दा खुद नाफा र सञ्चालन मुनाफा घट्न पुगेको हो। सोही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ११ करोड ४२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

    बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ८३ पैसा घटेर १३ रुपैयाँ ८३ पैसामा सीमित भएको छ। असोजसम्म बैंकको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ६० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.१४ गुणा छ।

    बैंकको १२ अर्ब ८ करोड चुक्ता पुँजी रहेको छ भने जगेडा कोषमा ६ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ। बैंकले असोजसम्म १ खर्ब ९३ अर्ब निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब कर्जा प्रवाह गरेको वित्तीय विवरणमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend