२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एभरेष्ट बैंकको मुनाफा १ अर्ब १७ करोड, वित्तीय सूचकांकमा सुधार


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २१ २०८२
  • 2.7K
    SHARES

  • images
    एभरेष्ट बैंकको मुनाफा १ अर्ब १७ करोड, वित्तीय सूचकांकमा सुधार

    काठमाडौं। एभरेष्ट बैंकले चालू आर्थिक वर्षको त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको चालू आर्थिक वर्षको असोजससम्म खुद मुनाफा गत आर्थिक वर्षको तुलनामा ४.५६ प्रतिशतले वृद्धि भएको छ।

    बैंकले यस अवधिमा १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो। बैंकको गत आर्थिक वर्षको सोही अवधिमा यस्तो मुनाफा १ अर्ब १२ करोड ७७ लाख रुपैयाँ थियो।

    बैंकको खुद ब्याज आम्दानी पनि १२.३८ प्रतिशतले बढेको छ। असोजसम्म बैंकले २ अर्ब ४० करोड ३८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो आम्दानी २ अर्ब १३ करोड ९० लाख थियो।

    समीक्षा अवधिमा बैंकको सञ्चालन  मुनाफा ४.५८ प्रतिशतले वृद्धि भएर १ अर्ब ६८ करोड ५५ लाख पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो मुनाफा १ अर्ब ६१ करोड १६ लाख थियो।

    १२ अर्ब ९४ करोड चुक्ता पुँजी रहेको बैंकको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ४४ पैसा, प्रतिसेयर नेटवर्थ २५५ रुपैयाँ ६९ पैसा छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend