२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

निर्जीवन बीमा कम्पनीहरूद्वारा तीन महिनामा १२ अर्ब ६५ करोड बीमा शुल्क आर्जन, कुनको कति ?


सञ्चार डबली
  • बुधबार, कात्तिक १९ २०८२
  • 5.7K
    SHARES

  • images
    निर्जीवन बीमा कम्पनीहरूद्वारा तीन महिनामा १२ अर्ब ६५ करोड बीमा शुल्क आर्जन, कुनको कति ?

    काठमाडौं- चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

    नेपाल बीमा प्राधिकरणले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार हाल नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले तीन महिनाको अवधिमा उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

    समीक्षा अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले तीन महिनाको अवधिमा एक अर्ब ४९ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।

    त्यस्तै, शिखर इन्स्योरेन्सले असोज मसान्तसम्मको अवधिमा एक अर्ब ३८ करोड ४६ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले एक अर्ब २२ करोड ४३ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले एक अर्ब १९ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

    यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १९ करोड ६६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब २ करोड ५६ लाख रुपैयाँ र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ९९ करोड ६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

    समीक्षा अवधिमा नेको इन्स्योरेन्स कम्पनीले ९२ करोड ८३ लाख रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ८८ करोड २९ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्स कम्पनीले ७८ करोड ८५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ७० करोड ६२ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले ६८ करोड १८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्स कम्पनीले ५० करोड ५६ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ४२ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

    सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ४१ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend