२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

उत्तराखण्डमा लगातारको मुसलधारे वर्षा, केदारनाथको तीर्थयात्रामा रोक


सञ्चार डबली
  • बुधबार, असार २७ २०८०
  • 7.9K
    SHARES

  • images
    उत्तराखण्डमा लगातारको मुसलधारे वर्षा, केदारनाथको तीर्थयात्रामा रोक

    काठमाडौ, २७ असार । उत्तराखण्डमा लगातारको मुसलधारे वर्षाका कारण पहिरोका कारण सडक भत्किएको छ । जसका कारण सवारी आवागमन नराम्ररी प्रभावित भएको छ । यसैबीच, मौसम विभागले उत्तराखण्डमा वर्षाको प्रक्रिया जारी रहने जानकारी दिएको छ।

    यस्तो अवस्थामा फेरि केदारनाथ यात्रा रोक्ने निर्णय गरिएको छ । लगातारको खराब मौसमका कारण यात्रुको सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासनले केदारनाथ धाम जाने यात्रुलाई सोनप्रयाग र गौरीकुण्डमा रोक लगाएको छ । अविरल वर्षाका कारण ४ राज्य सडक र १० वटा लिंक सडक अवरुद्ध भएका छन् ।

    भारी वर्षाका कारण मंदाकिनी र अलकनंदा नदीको बहाव बढेको अधिकारीहरूले बताएका छन् । भारत मौसम विभाग ९क्ष्ःम्० ले सोमबार उत्तराखण्डमा भारी वर्षाको बीचमा जुलाई १२ को लागि एलो अलर्ट जारी गरी चेतावनी दिएको छ। आईएमडीले एक ट्वीटमा सूचित गरेको छ कि जुलाई १२ मा उत्तराखण्ड र आसपासका क्षेत्रहरू र पश्चिमी उत्तर प्रदेशमा भारी देखि धेरै भारी वर्षा ९११५।६ देखि २०४।४ मिमी० को सम्भावना रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend