काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा रोखको छ । बैंकले सेयरधनीको स्वामित्वमा रहेको १४ हजार ६४६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकले हाल उक्त सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो । सो सेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।
सेयरको बिक्रीमूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ। तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट निवेदन नपरेमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख गरिएको छ ।


