२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

दराज एक्सप्रेसको ‘लास्टमाइल सोलुसन’ सार्वजनिक


सञ्चार डबली
  • आइतबार, कात्तिक १६ २०८२
  • 6.4K
    SHARES

  • images
    दराज एक्सप्रेसको ‘लास्टमाइल सोलुसन’ सार्वजनिक

    काठमाडौं । दक्षिण एसियाको अग्रणी ई-कमर्स प्लेटफर्म दराजले आफ्नो लजिस्टिक एकाइ दराज एक्सप्रेस (डीईएक्स) मार्फत गैर-प्लेटफर्म ब्रान्ड र विक्रेताहरूलाई लक्षित गरी नयाँ सुविधा ‘लास्ट-माइल डेलिभरी सोलुशन’ सार्वजनिक गरेको छ। यो नयाँ सेवा दराजको प्लेटफर्ममा नभए पनि आफ्ना उत्पादन बिक्री गर्ने व्यवसायहरूका लागि छिटो, भरपर्दो र प्रविधिमुखी वितरण समाधानको रूपमा आएको हो।

    कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित रुट-प्लानिङ र रियल-टाइम पार्सल ट्र्याकिङ प्रविधि प्रयोग गरेर डीईएक्स ले स्थानीय अर्डरहरू २४ घण्टाभित्र र अन्तर-सहर डेलिभरीहरू ४८ घण्टाभित्र सम्पन्न गर्ने क्षमता राख्छ। यसले औसत डेलिभरी समयलाई १.५ दिनभन्दा कममा झारेको छ। हालसम्म १०८ प्रमुख सहरमा सेवा विस्तार गरिसकेको डीईएक्स ले आगामी ११.११ अभियानअघि थप ७० सहरमा आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ।

    यस समाधान अन्तर्गत, विक्रेताहरूलाई हप्तामा धेरैपटक क्यास-अन-डेलिभरी रकम सेटलमेन्टको सुविधा मिल्नेछ, जसले नगद प्रवाहमा सहजता ल्याउनेछ। साथै, असफल डेलिभरीमा कुनै शुल्क नलाग्ने व्यवस्थाले व्यवसायीहरूको जोखिम घटाउने लक्ष्य लिइएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend