२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई मकवानपुरमा रहेको ओम अध्याय रिट्रिटमा विशेष छुट


सञ्चार डबली
  • शुक्रबार, कात्तिक १४ २०८२
  • 5.4K
    SHARES

  • images
    एनआईसी एशिया बैंकका ग्राहकहरूलाई मकवानपुरमा रहेको ओम अध्याय रिट्रिटमा विशेष छुट

    काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई ओम अध्याय रिट्रिटमा विशेष छुट उपलब्ध गराउने भएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई थाहा, मकवानपुरमा रहेको उक्त ओम अध्याय रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट सुविधा दिलाउन उक्त रिसोर्टसँग सम्झौता गरेको हो ।

    ग्राहकहरूले सो रिसोर्टमा सेवा लिँदा रिसोर्ट प्याकेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ भने खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

    यस सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहकहरूलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास रहेको बैंकले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend