२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

राष्ट्र बैंकले भन्यो - सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्नु


सञ्चार डबली
  • बुधबार, कात्तिक १२ २०८२
  • 5.9K
    SHARES

  • images
    राष्ट्र बैंकले भन्यो - सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्नु

    काठमाडौं- नेपाल राष्ट्र बैंकले सर्त बुझेर जिम्मेवारीपूर्वक क्रेडिट कार्ड प्रयोग गर्न आग्रह गरेको छ। 

    केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

    क्रेडिट कार्ड सुविधाजनक र सुरक्षित भुक्तानीको उपकरण हो तर लापरबाही गर्दा उच्च ब्याज र आर्थिक बोझ निम्त्याउन सक्ने केन्द्रीय बैंकले बताएको छ । क्रेडिट कार्ड प्रयोग अघि क्रेडिट सीमा, शुल्क, ब्याजदर, बिल तयार हुने मिति र भुक्तानी समय सीमा बुझ्न आवश्यक रहेको बैंकले बताएको छ ।

    क्रेडिट कार्डबाट भुक्तानी गरेपछि तोकिएको समयभित्र बिल तिरेमा ब्याज लाग्दैन, तर ढिला गर्दा उच्च ब्याज र अतिरिक्त शुल्क लाग्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend