२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

हकप्रद भर्ने नारायणी डेभलपमेन्ट बैंकको आज अन्तिम दिन


सञ्चार डबली
  • आइतबार, कात्तिक ९ २०८२
  • 5.8K
    SHARES

  • images
    हकप्रद भर्ने नारायणी डेभलपमेन्ट बैंकको आज अन्तिम दिन

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज कात्तिक ९ गते अन्तिम दिन रहेको छ। बैंकले गत असोज २ गतेदेखि आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गरेको थियो। यो शेयरमा आज बैंकिङ समयम्म आवेदन दिन सकिनेछ।

    बैंकले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ। जसअनुसार बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका कुल २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको छ।

    बैंकको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको भुमही र नवलपरासी शाखा कार्यालय तथा नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय, यज्ञपुरी शाखा, टाँडी शाखा, पर्सा शाखा र नारायणगढ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

    यसैगरी शेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयर पनि आवेदन दिन सक्नेछन्।

    हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बैंकले भदौ ९ गते बुक क्लोज गरेको थियो। यसको अर्थ गत भदौ ८ गतेसम्म कायम शेयरधनीले यो हकप्रद शेयर भर्न पाउँछन्।हाल बैंकको चुक्तापुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि बैंकको चुक्तापुँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend