२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सानिमा बैंकको साधारणसभा : सेयरधनीहरूलाई ७.३६ प्रतिशत नगद लाभांश वितरण गरिने


सञ्चार डबली
  • सोमबार, कात्तिक ३ २०८२
  • 4.0K
    SHARES

  • images
    सानिमा बैंकको साधारणसभा : सेयरधनीहरूलाई ७.३६ प्रतिशत नगद लाभांश वितरण गरिने

    काठमाडौँ । सानिमा बैंक लिमिटेडको २१औँ वार्षिक साधारणसभा कार्तिक २ गते आइतबार सम्पन्न भएको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    सभाले संस्थापक सेयरधनीहरूको तर्फबाट तुक प्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पाखलाई पुनःनिर्विरोध सञ्चालक समितिमा निर्वाचित गरेको छ ।

    आर्थिक वर्ष २०८१/८२ मा बैंकले २ अर्ब ५७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सोही अवधिमा बैंकको कुल सम्पत्ति २६३ अर्ब ५५ करोड रुपैयाँ, कुल निक्षेप २२५ अर्ब ४८ करोड रुपैयाँ र खुद कर्जा सापटी १८३ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

    गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १३.०९, ११.२२ र १२.७० प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ । 

    असार मसान्तसम्म बैंकको निष्क्रय कर्जा ३.०१ प्रतिशत, पुँजीकोष १३.०१ प्रतिशत, तरलता ३०.९५ प्रतिशत र कर्जा निक्षेप अनुमान (मासिक औसत) ८१.०३ प्रतिशत रहेको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend