२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच सम्झौता : लघुवित्तका कर्मचारीले सुविधा सम्पन्न बैंकिङ् सेवा पाउने


सञ्चार डबली
  • शुक्रबार, असोज ३१ २०८२
  • 4.8K
    SHARES

  • images
    आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच सम्झौता : लघुवित्तका कर्मचारीले सुविधा सम्पन्न बैंकिङ् सेवा पाउने

    काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडका कार्यरत कर्मचारीहरूलाई सुविधा सम्पन्न बैंकिङ् सेवा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ ।

    आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली र प्रभु बैंक लिमिटेडका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेख बहादुर पुनले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

    यो सम्झौतापश्चात आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडमा कार्यरत कर्मचारीहरूले उत्कृष्ट बैंकिङ् सेवा प्रयोग गर्नु हुनेछ भन्ने विश्वास रहेको प्रभु बैंकले जनाएको छ ।

    त्यसैगरी, ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रूपमा रहेको तथा ‘बैंक अफ द इयर २०२३’,  प्रभु बैंक फिनाकल इन्फोसिस इनोभेसन गोल्ड-२०२४ अवार्डको साथै हालसालै युरो मनी अवार्ड - नेपाल बेस्ट डिजिटल बैंक फर एसएमईको - २०२५ अवार्डको रूपमा सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरू, २८६ एटिएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढि ग्राहकहरूलाई ‘बिश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको बैंकले जनाएको छ ।   

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend