२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कात्तिक महिनाका लागि बैंकहरूले सार्वजनिक गरे नयाँ ब्याजदर, कुन बैंकको कति ?


सञ्चार डबली
  • शुक्रबार, असोज ३१ २०८२
  • 4.9K
    SHARES

  • images
    कात्तिक महिनाका लागि बैंकहरूले सार्वजनिक गरे नयाँ ब्याजदर, कुन बैंकको कति ?

    काठमाडौं- बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन् । नयाँ महिनाका लागि अघिल्लो महिनाको मसान्तभित्र ब्याजदर तोकिसक्नुपर्ने व्यवस्था बमोजिम बैंकहरूले आगामी महिनाका लागि ब्याजदर तोकेका हुन् । 

    वाणिज्य बैंकहरूमध्ये यसपटक ९ वटा बैंकले ब्याजदरमा सामान्य हेरफेर गर्दा बाँकी बैंकहरूले यथावत् राखेका छन् । समग्रमा ब्याजदर झनै घटेको छ ।

    विवरण अनुसार २० वाणिज्य बैंकहरूमध्ये साधारण मुद्दती निक्षेपमा बैंकहरूले न्यूनतम २।७५ प्रतिशतदेखि अधिकतम २।७८ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । विभिन्न प्रकारका बचत खाताबिच २ प्रतिशत भन्दा धेरै ब्याजदर अन्तर हुन नपाउने व्यवस्था छ भने रेमिट्यान्स खाताको ब्याजदरमा थप १ प्रतिशत विन्दुले ब्याजदर थप्न पाउने व्यवस्था छ । बैंकहरूले त्यही रेञ्जभित्र रहेर विशेष खाता तथा रेमिट्यान्स खाताको ब्याजदर निर्धारण गरेका छन् । 

    त्यस्तै, मुद्दती खाता अन्तर्गत एकवर्षे व्यक्तिगत बचतमा न्यूनतम ३।२५ प्रतिशतदेखि अधिकतम ४।५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ । व्यक्तिगत मुद्दतीतर्फ एक अधिकतम ब्याजदर भने अहिले पनि ६ प्रतिशतसम्म रहेको छ । खासगरी कम अवधिका लागि कम ब्याजदर र लामो अवधिका लागि धेरै ब्याजदर दिनेगरी बैंकहरूले नयाँ ब्याजदर तालिका बनाएका छन् । 

    उता संस्थागत मुद्दती खाततर्फ एक वर्षका लागि अधिकांश बैंकले २।७५ प्रतिशत ब्याजदर तोकेका छन् । यस्तो खातामा ग्लोबल आईएमईले सबैभन्दा धेरै ३।२५ प्रतिशत ब्याजदर तोकेको छ भने एनएमबि, लक्ष्मी सनराइज र माछापुच्छ्रे बैंकले ३ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

    संस्थागत मुद्दतीका लागि एक वर्षभन्दा माथिको अवधिका लागि भने बैंकहरूले अधिकतम ४।५ धेरै ब्याजदर अफर गरेको पाइएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend