२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रभु बैंकले आरम्भ चौतारी लघुवित्तका कर्मचारीलाई ‘कर्मचारी कर्जा’ प्रदान गर्ने


सञ्चार डबली
  • बिहीबार , असोज ३० २०८२
  • 5.7K
    SHARES

  • images
    प्रभु बैंकले आरम्भ चौतारी लघुवित्तका कर्मचारीलाई ‘कर्मचारी कर्जा’ प्रदान गर्ने

    काठमाडौं- आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच लघुवित्तका कर्मचारीहरुलाई ‘कर्मचारी कर्जा’ प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

    उक्त सम्झौता पत्रमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली र प्रभु बैंकका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत लेख बहादुर पुनले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । 

    कार्यक्रममा लघुवित्त संस्थाको तर्फबाट सहायक महाप्रवन्धक मनरुपा पौडेल, प्रमख व्यापार अधिकृत चन्दन कुमार सरदार तथा विभागीय प्रमुख टोप बहादुर रास्कोटी र पभु बैंकको तर्फबाट वागमती प्रदेशका मुख्य अधिकृत शम्भु नेपाल तथा धुलिखेल शाखाका शाखा प्रमुख किशोर कुमार घिमिरे सहभागी रहेका थिए ।

    आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थामा समर्पित र प्रतिवद्ध टिम सदस्यहरुलाई सहज, छिटो छरितो र विश्वसनीय वित्तीय पहुंच प्रदान गर्ने उदेश्यले सम्झौता गरिएको बताइएको छ ।

    आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले प्रभु बैंकप्रति धन्यवाद ज्ञापन गर्दै यस साझेदारीले संस्थागत सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend