२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

“विश्व नैतिकता दिवस” को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूद्धारा प्रतिज्ञा


सञ्चार डबली
  • बुधबार, असोज २९ २०८२
  • 5.2K
    SHARES

  • images
    “विश्व नैतिकता दिवस” को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूद्धारा प्रतिज्ञा

    काठमाडौं । “विश्व नैतिकता दिवस” को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले दैनिक अभ्यासहरूमा इमानदारी, पारदर्शिता र नैतिक मापदण्डहरू कायम राख्ने आफ्नो प्रतिबद्धतालाई कायम राख्ने प्रतिज्ञा गरेका छन् ।

    बैंकका सम्पुर्ण कर्मचारीहरूले कार्यस्थलमा नैतिक व्यवहार र जवाफदेहिता प्रवद्र्धन गर्ने प्रतिबद्धता लिएका हुन् । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, श्री राम कुमार तिवारीले  प्रधान कार्यालय, काठमाडौंमा सम्पुर्ण कर्मचारीहरुलाई एक कार्यक्रमका बिच प्रतिज्ञा गराउनुभएको थियो ।

    उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख संचालन अधिकृत, श्री विकास आनन्द, प्रमूख वित्तिय अधिकृत, श्री राजेश कूमार पंडा, प्रमुख अनुपालन अधिकृत, श्री विष्णुदेव यादव, सहायक महाप्रबन्धक, श्री अर्जुन नेपाल र अन्य वरिष्ठ पदाअधिकारीहरूको उपस्थिति रहेको थियो । सो अवसरमा बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरुले समेत आ–आफ्ना कार्यालयहरुमा प्रतिज्ञा लिएका थिए ।

    नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend