२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

राष्ट्र बैंकले ५० रुपैयाँको ४२ करोड थान नयाँ नोट छाप्दै, चिनियाँ कम्पनीलाई दियो ठेक्का


सञ्चार डबली
  • बुधबार, असोज २९ २०८२
  • 5.5K
    SHARES

  • images
    राष्ट्र बैंकले ५० रुपैयाँको ४२ करोड थान नयाँ नोट छाप्दै, चिनियाँ कम्पनीलाई दियो ठेक्का

    काठमाडौं- नेपाल राष्ट्र बैंकले ५० रूपैयाँका ४२ करोड थान नोट छाप्न चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ।

    केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई नोट छाप्ने ठेक्का दिइएको जानकारी गराएको हो। 

    यो कम्पनीले १ करोड ४ लाख २२ हजार ५३५.२१ अमेरिकी डलरमा नोट छाप्ने ठेक्का पाएको हो।

    राष्ट्र बैंकले गत साउन ९ अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै ५० दरको नयाँ नोट छाप्न प्रस्ताव गर्न इच्छुक कम्पनीहरुलाई आग्रह गरेको थियो। जसमा पहिलो चरणमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, बेलायतको डि ला रुउ इन्टरनेसनल, जर्मनको गिसिक डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, रसियाको जोइन्ट स्टक कम्पनी, फ्रान्सको अबरथर फिड्युसेरी एसएएस र पोल्याण्डको पोलिस सेक्युरिटिज प्रिन्टिङ छानिएका थिए।

    यस चिनियाँ कम्पनीले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोटको डिजाइन, छपाइ र आपूर्तिसम्मको काम गर्नेछ। 

    Capture

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend