२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आज सेयर बजारमा कारोबार रकमसँगै घट्यो नेप्से परिसूचक


सञ्चार डबली
  • बुधबार, असोज २९ २०८२
  • 5.6K
    SHARES

  • images
    आज सेयर बजारमा कारोबार रकमसँगै घट्यो नेप्से परिसूचक


    काठमाडौं । आज सेयर बजारमा कारोबार रकमसँगै नेप्से परिसूचक घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २२.५८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २५०५ अंकमा झरेको छ । २ः ५९ बजे नेप्से २४९९ अंकसम्म झरेकोमा अन्तिम एक मिनेटमा ६ अंक सकारात्मक देखियो । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ३ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ३ अर्ब १० करोडको भयो ।

    ४० कम्पनीको मूल्य बढ्दा २०६ को घट्यो भने पाँचको स्थिर रह्यो । म्युचुअल फन्डबाहेक सबै समूहका सूचक घटेका छन् । म्युचुअल फन्ड ०.२४ प्रतिशत बढ्यो । व्यापार सबैभन्दा धेरै २.०९ प्रतिशत घट्यो ।

    बैंकिङ ०.५४, विकास बैंक १.१४, फाइनान्स १.१०, होटल तथा पर्यटन १.०६, हाइड्रोपावर १.१८, लगानी ०.९८, जीवन बीमा ०.७५, उत्पादन तथा प्रशोधन ०.३९, माइक्रोफाइनान्स ०.५६ प्रतिशत घटे । त्यस्तै निर्जीवन बीमा ०.६५ र अन्य समूह १.२२ प्रतिशत घटे ।

    समता घरेलु लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.९३ प्रतिशत बढ्यो । क्रेस्ट माइक्रोलाइफको ३.६२ तथा मातृभूमि लघुवित्तको ३।१३ प्रतिशत बढ्यो । दुई कम्पनीको मूल्य १० प्रतिशत घटेको छ । समाज लघुवित्त र भूगोल इनर्जीको मूल्य १० प्रतिशत घट्यो । 

    मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५.८७, पन्चकन्या माइ हाइड्रोको ५.७५ तथा ग्रिन डेभलपमेन्ट बैंकको ५.०२ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, युनियन हाइड्रोपावर, बुटवल पावर र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend