२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

राष्ट्र बैंकको नयाँ तथ्याङ्क सार्वजनिक: विदेशी विनिमय सञ्चिति २८ खर्ब ८१ अर्ब, ‘महँगी दर १.८७ प्रतिशत (पूर्णपाठसहित)


सञ्चार डबली
  • मंगलबार, असोज २८ २०८२
  • 4.6K
    SHARES

  • images
    राष्ट्र बैंकको नयाँ तथ्याङ्क सार्वजनिक: विदेशी विनिमय सञ्चिति २८ खर्ब ८१ अर्ब, ‘महँगी दर १.८७ प्रतिशत (पूर्णपाठसहित)

     काठमाडौं । चालु आर्थिक वर्ष दोस्रो महिना भदौमा कुल विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशत बढेको छ ।

    २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको विदेशी विनिमय सञ्चिति वृद्धि भई भदौ मसान्तमा २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको हो ।

    चालु आव भदौसम्मको विदेशी विनियम सञ्चिति अमेरिकी डलरमा ४.७ प्रतिशत वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ । २०८२ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति १९ अर्ब ५० करोड थियो ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा ६.९ प्रतिशत वृद्धि भई २५ खर्ब ८२ अर्ब ३८ करोड पुगेको छ ।

    बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा १३.७ प्रतिशत वद्धि भई २ खर्ब ९८ अर्ब ९७ करोड कायम भएको छ ।

    २०८२ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । गत भदौको आयात आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

    भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ४७.२ प्रतिशत, १३३.१ प्रतिशत र ३६.६ प्रतिशत छ । असार मसान्तमा ती अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend