२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेप्सेमा ७८.८३ अंकको गिरावट, ६ अर्ब ७० करोड माथिको कारोबार


सञ्चार डबली
  • आइतबार, असोज २६ २०८२
  • 5.2K
    SHARES

  • images
    नेप्सेमा ७८.८३ अंकको गिरावट, ६ अर्ब ७० करोड माथिको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ७८.८३ अंकले घटेर २५०३.३५ को विन्दूमा कायम भएको छ ।

    नेप्सेमा यसदिन ३२४ कम्पनीको १ करोड ४३ लाख ६४ हजार ६८२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७० करोड माथिको सेयर कारोबार भएको छ । कारोबार भएकामध्ये ९ वटा कम्पनीको सेयर मूल्य बढ्दा २४२ कम्पनीको सेयर मूल्य घटेको छ ।

    आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ३८ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीको ३७ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक ६ प्रतिशतका दरले कमाएका छन् । बुटवल पावर कम्पनीका लगानीकर्ताले आज सर्वाधिक ९ प्रतिशतका दरले गुमाएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend