२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सोह्रौँ साधारण सभा सम्पन्न, बोनस सेयर र लाभांश पारित


सञ्चार डबली
  • शुक्रबार, असोज २४ २०८२
  • 3.7K
    SHARES

  • images
    नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सोह्रौँ साधारण सभा सम्पन्न, बोनस सेयर र लाभांश पारित

    काठमाडौँ । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको सोह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। असोज २४ गते शुक्रवार, बिहान ११ बजे नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको सोह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाको अध्यक्षता कम्पनीका अध्यक्ष सुजित कुमार शाक्यले गरेका थिए ।

    सभामा सञ्चालक समितिका सदस्यहरू, सेयरधनी तथा व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिति रहेको थियो । कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल, काठमाडौँमा सम्पन्न उक्त सभाले गत वर्षको मुनाफाबाट सेयरधनीका लागि निर्णयहरू पारित गरेको छ।

    सभाले चुक्तापुँजीको २५ प्रतिशत बराबर, ८ करोडमा १० लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। साथै, कर प्रयोजनका लागि १.३१५७८९४७ प्रतिशत, ४२ लाख ६३ हजार १५७.८९ लाभांश प्रदान गर्ने प्रस्ताव पनि पारित भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend