काठमाडौं। नेपाल राष्ट्र बैंकले क्यासिनोलाई विदेशी मुद्रा कारोबारमा कडाइ गरेको छ। केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै उक्त व्यवस्था गरेको हो।
सूचनाअनुसार अबदेखि क्यासिनोलगायतका संस्थाले इजाजतपत्र लिएर मात्र विदेशी मुद्रा कारोबार गर्नुपर्नेछ। क्यासिनोले विदेशी विनिमय कारोबार गर्न ‘नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७’ अनुसार गर्नुपर्नेछ।
यसअघि राष्ट्र बैंकबाट विदेशी विनियम कारोबार अनुमति मात्रै लिएका कारोबार गरिरहेका क्यासिनोलाई अन्य विप्रेषण कम्पनी तथा मनिचेन्जर वा सोसरह नियमनमा बाँधेको हो।


