२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

फलफूल तथा तरकारीको मूल्य, किवि प्रतिकेजी ८५० रुपैयाँ


सञ्चार डबली
  • सोमबार, असार २५ २०८०
  • 10.0K
    SHARES

  • images
    फलफूल तथा तरकारीको मूल्य, किवि प्रतिकेजी ८५० रुपैयाँ

     

    काठमाडौ, २५ असार । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बजारमा औसत मूल्य प्रतिकेजी १३ रुपैयाँदेखि ८५० रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ । मूल्यसूची अनुसार आज लोकल बन्दा सबैभन्दा सस्तो प्रतिकेजी १३ रुपैयाँ र किवि प्रतिकेजी ८५० रुपैयाँ पर्ने भएको छ ।

    त्यस्तै, नेपाली गोलभेडा, भटमासकोशा, तितो करेला र भिण्डी प्रतिकेजी ९५ रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, सानो टनेल गोलभेडा ४० रुपैयाँ, रातो आलु ४७ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ रहेको छ ।

    यसैगरी,मुडेको रातो आलु ३९ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ ५० पैसा, सुकेको प्याज (भारतीय) ५३ रुपैयाँ २५ पैसा, लोकल गाजर ९६ रुपैयाँ, स्थानीय काउली र झिगूनी प्रतिकेजी ७५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ८६ रुपैयाँ ६७ पैसा, लोकल सेतो मूला १७ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा, लौका र पालूगो साग प्रतिकेजी ८५ रुपैयाँ, तने बोडी र घिउ सिमी प्रतिकेजी ११० रुपैयाँ तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend