२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

श्रीलङ्काको मन्दीबाट रिकभरी ‘असमान’ र सुस्त : विश्व बैंक


सञ्चार डबली
  • मंगलबार, असोज २१ २०८२
  • 7.4K
    SHARES

  • images
    श्रीलङ्काको मन्दीबाट रिकभरी ‘असमान’ र सुस्त : विश्व बैंक

    काठमाडौं । विश्व बैंकले मङ्गलबार नगद सङ्कटमा परेको श्रीलङ्काको सबैभन्दा खराब आर्थिक मन्दीबाट पुनःप्राप्ति ‘असमान र अपूर्ण’ रहेको र धेरै घरपरिवारले सन् २०२२ को सङ्कटको समयमा गुमाएको जीविकोपार्जन पुनः प्राप्त गर्न नसकेको बताएको छ ।

    दक्षिण एसियाली यस टापु राष्ट्रको पछिल्लो समीक्षामा विश्व बैंकले सन् २०२५ मा ४.६ प्रतिशत र सन् २०२६ मा ३.५ प्रतिशतमा अर्थतन्त्र वृद्धि हुने अनुमान गरेको छ । यो गत वर्षको ५ प्रतिशतबाट घटेको हो ।

    श्रीलङ्काको अर्थतन्त्रले सन् २०२२ मा सबैभन्दा खराब मन्दीको सामना गरेको थियो । उक्त वर्ष अर्थचतन्त्र ७।३ प्रतिशतले सङ्कुचित भएको थियो । सोही समयमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षलाई महिनौँको सडक विरोधपछि राजीनामा दिन बाध्य पारिएको थियो ।

    “यद्यपि हालको आर्थिक प्रगति उत्साहजनक छ, रिकभरी असमान र अपूर्ण छ”, विश्व बैंकका श्रीलङ्का विश्लेषक डेभिड सिस्लेनले कोलम्बोमा पत्रकारहरूलाई भने ।

    गरिबी दर घटेको भए पनि सन् २०१९ को तुलनामा अझै दोब्बर उच्च रहेको छ । “श्रम बजार सुधार गर्न ढिलो भएको छ”, सिस्लेनले भने, दुई करोड २० लाख मानिसमध्ये करिब १० प्रतिशत अझै गरिबीको रेखामुनि बस्छन् ।” खाद्यान्न मूल्य उच्च रहिरहँदा विशेष गरी कमजोर समूहहरूमा कुपोषण गम्भीर समस्या बनेको छ ।

    देशले सन् २०२२ अप्रिलमा ४६ अर्ब डलरको विदेशी ऋण चुकाएको थियो र सन् २०२३ को सुरुमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट दुई अर्ब ९० करोड डलरको चार वर्षे बेलआउट प्राप्त गरेको थियो ।

    एक वर्षअघि सत्तामा आएका राष्ट्रपति अनुरा कुमार दिसानायकेको प्रशासनले उनका पूर्ववर्तीले ल्याएका धेरै कठोर उपाय र उच्च करहरू कायम राखेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend