२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपाल बैंकका कर्मचारी र ग्राहकले हुन्डाईका गाडी खरिद गर्दा विशेष छुट पाउने


सञ्चार डबली
  • शनिबार, असोज ११ २०८२
  • 4.2K
    SHARES

  • images
    नेपाल बैंकका कर्मचारी र ग्राहकले हुन्डाईका गाडी खरिद गर्दा विशेष छुट पाउने

    काठमाडौं- नेपाल बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिबीच छुट प्रदान गर्ने सम्बन्धी विशेष सम्झौता सम्पन्न भएको छ ।

    बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका कर्मचारी र ग्राहकहरूलाई देशभरका शाखाहरुबाट हुन्डाई गाडी खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । 

    यस सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले हुन्डाई ब्राण्डका विभिन्न मोडलका गाडी खरिद गर्दा कम्पनीबाट प्रदान गरिएको छुट बाहेक हुन आउने गाडीको खरिद रकममा थप रु. पचास हजार देखि  एकासी हजार सम्म छुट हुने व्यवस्था गरिएको छ ।    

    सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको तर्फबाट महाप्रबन्धक दिपक थपलियाले हस्ताक्षर गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend