२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

दशैँका लागि मुस्ताङबाट ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी


सञ्चार डबली
  • शुक्रबार, असोज १० २०८२
  • 6.8K
    SHARES

  • images
    दशैँका लागि मुस्ताङबाट ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी

    काठमाडौं । यस वर्षको दशैँ पर्वका लागि मुस्ताङबाट करिब ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङले दिएको जानकारी अनुसार, मुस्ताङसहित कर्णाली प्रदेशका डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी—जोमसोम कोरला सडकमार्गबाट कुल १४ हजार ६६८ भेडाच्याङ्ग्रा निकासी भएका छन्।

    केन्द्रका पशु चिकित्सक डा. लालमणि अर्यालका अनुसार, निकासी भएका भेडाच्याङ्ग्रा र रमा (च्यालु) को औसत मूल्य अनुमान गर्दा ३५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको देखिन्छ। यस वर्ष निकासी भएकामध्ये ७ हजार ६६८ वटा मुस्ताङकै स्थानीय भेडाच्याङ्ग्रा थिए भने ६ हजार ८६८ वटा डोल्पा, मुगु र जुम्लाका थिए। यस कारोबारमा मुस्ताङको हिस्सा मात्र अनुमानित २० करोड रुपैयाँ रहेको छ।

    जिल्ला बाहिरका व्यापारीहरूले किसानको खोरबाटै खरिद गर्दा च्याङ्ग्राको मूल्य ३५ हजार, भेडाको २८ हजार र रमा (च्लालु) च्याङ्ग्राको मूल्य १२ हजार रहेको जनाइएको छ।

    यद्यपि, विज्ञ केन्द्रले पशु निरोगिता परीक्षण गर्दा च्याङ्ग्रा धनीले एकीन सङ्ख्या नबताउने गरेकाले जिल्ला बाहिर निकासी गरिएका भेडाच्याङ्ग्राको सङ्ख्या उल्लेखित तथ्याङ्कभन्दा अझ बढी हुनसक्ने स्थानीय जानकारहरूको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend