२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी डिजिटल स्वीकृति हुने


सञ्चार डबली
  • शुक्रबार, असोज १० २०८२
  • 5.4K
    SHARES

  • images
    अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी डिजिटल स्वीकृति हुने

    काठमाडौं । अर्थ मन्त्रालयले आजदेखि सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र गर्ने भएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयले अर्थमन्त्रालयका कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्वरूपमा लागू गरेको जानकारी गराएका छन् ।

    उनले डिजिटल स्वीकृति प्रणाली कार्यान्वयनसँगै कागजी प्रक्रिया अन्त्य हुने बताए । अर्थमन्त्री खनालका अनुसार आजबाट मन्त्रालयका आन्तरिक फाइलिङ, टिप्पणी तथा स्वीकृति लिन–दिने कार्य अनलाइन प्लेटफर्ममार्फत मात्र हुने भएको छ। यसले समय, लागत र श्रम बचतसँगै निर्णय प्रक्रियामा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend