२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सामाजिक उत्तरदायित्वअन्तर्गत प्राइम कमर्सियल बैंकको रक्तदान कार्यक्रम


सञ्चार डबली
  • बुधबार, असोज ८ २०८२
  • 5.9K
    SHARES

  • images
    सामाजिक उत्तरदायित्वअन्तर्गत प्राइम कमर्सियल बैंकको रक्तदान कार्यक्रम

    काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले देशभर रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले असोज ७ गते आफ्नो १८ औ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरी काठमाण्डौ, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेशको छिन्चु शाखा सुर्खेत र सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी कैलालीमा गरि देशभर ७ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।  

    उक्त रक्तदान कार्यक्रममा बैकका कर्मचारी तथा शुभेच्छुकहरु गरी ४६३ जनाले रक्तदान गरेका थिए । सो कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले सम्पुर्ण रक्तदाता तथा प्राबिधिकहरुलाई धन्यवाद दिदै, मानव जिवन रक्षाका लागि अत्यावश्यक  रगत संकलन गर्ने कार्यक्रम आयोजन गरि सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । संस्थाले आगामि दिनमा पनि यस्तै बिभिन्न सामाजिक सेवाका कार्यहरु गर्दै जाने प्रतिबद्घता पनि उनले व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend