२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेप्सेमा २७.८९ अंकको गिरावट, ४ अर्ब १२ करोडमा झर्‍यो कारोबार


सञ्चार डबली
  • बुधबार, असोज ८ २०८२
  • 4.8K
    SHARES

  • images
    नेप्सेमा २७.८९ अंकको गिरावट, ४ अर्ब १२ करोडमा झर्‍यो कारोबार

    काठमाडौं । बुधबार सेयर बजार नेप्से परिसूचक २७.८९ अंकले घटेर २६५४.३५ को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३१७ कम्पनीको ९४ लाख ८ हजार ६६३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १२ करोड माथिको सेयर कारोबार भएको छ ।

    आज यूनियन हाइड्रोपावरको सर्वाधिक २२ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १७ करोड ३२ लाख रुपैयाँ र हिमालयन रिइनस्योरेन्सको १३ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    आज माथिल्लो मैलुङ खोला जलविद्युत र सिटी होटल्सका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, हिम स्टार ऊर्जाका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाए ।

    उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक ५ प्रतिशतका दरले गुमाएका छन् । आज नेप्सेमा कारोबार भएका कम्पनीहरुमध्ये ५३ कम्पनीको सेयर मूल्य बढ्दा भने १९३ कम्पनीको सेयर मूल्य घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend