२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेप्सेमा ५८.६३ अंकको वृद्धि, ५ अर्ब २९ करोडको कारोबार


सञ्चार डबली
  • मंगलबार, असोज ७ २०८२
  • 5.9K
    SHARES

  • images
    नेप्सेमा ५८.६३ अंकको वृद्धि, ५ अर्ब २९ करोडको कारोबार

    काठमाडौं- मंगलबार सेयर बजार नेप्से परिसूचक ५८.६३ अंकले बढेर २६८२.२५ को विन्दुमा कायम भएको छ । 

    नेप्सेमा यसदिन ३२८ कम्पनीको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

    Capture tue

    आज नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक ३८ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, युनिभर्सल पावरको १८ करोड ३० लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको १८ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    आज सप्तकोशी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, ग्रिन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भुगोल इनर्जी र एशियन हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाए ।

    प्रभु स्मार्ट फन्डका इकाईधनीले आज सर्वाधिक ४ प्रतिशतका दरले गुमाएका छन् ।

    आज नेप्सेमा कारोबार भएका कम्पनीहरुमध्ये २३८ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको सेयर मूल्य घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend