२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई र्याडिसन होटलमा २०% सम्म छुट


सञ्चार डबली
  • आइतबार, भदौ १५ २०८२
  • 4.6K
    SHARES

  • images
    एनआईसी एशिया बैंकका ग्राहकहरुलाई र्याडिसन होटलमा २०% सम्म छुट

    काठमाण्डौ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई र्याडिसन होटलमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै बैंकका ग्राहकहरुले काठमाण्डौमा रहेको होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।  

    बैंकका ग्राहकहरुले उक्त होटलमा सेवा लिँदा खाना तथा पेय पदार्थ तथा फिटनेस सेन्टर (जीम)मा २० प्रतिशत छुटको सुविधा प्राप्त गर्न सक्नेछन् एयरपोर्ट लाउन्ज एण्ड रेष्टुरेन्ट, पेस्ट्री सप र ट्रयान्क्युलिटी स्पामा १५ प्रतिशतको छुट उपभोग गर्न सक्नेछन् ।  

    यस सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । 

    उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend