२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

गरिमा विकास बैंक ‘द वेष्ट बैंक’ अवार्डबाट सम्मानित


सञ्चार डबली
  • आइतबार, भदौ १५ २०८२
  • 6.7K
    SHARES

  • images
    गरिमा विकास बैंक ‘द वेष्ट बैंक’ अवार्डबाट सम्मानित

    काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड इण्डियन चेम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गर्ने दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड ‘इर्मजिङ एशिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस्’ बाट सम्मानित भएको छ । 

    अगस्ट २९, २०२५ मा इण्डियन चेम्बर अफ कर्मशले भारतको नयाँदिल्लीमा आयोजना गरेको तेश्रो इर्मजिङ एशिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा गरिमा विकास बैंक The Best Bank / Best AI/ML Implementation विधामा उत्कृष्ट सहित Best MSME Acceleration विधामा Runner-up को अवार्ड प्राप्त गरेको हो ।  

    यस अवार्डमा नेपाल सहित भारत, बंगलादेश, म्यानमार र श्रीलंकामा रहेका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो ।

    शुक्रबार आयोजित उक्त कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले संयुक्त रुपमा उक्त अवार्ड ग्रहण गरे । इण्डियन चेम्बर अफ कर्मसद्वारा सन् २०२४ मा आयोजित दोश्रो इर्मजिङ एशिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा समेत यस विकास बैंकले वेष्ट एसेस्ट्स म्यानेजमेन्ट विधामा रनर–अपको अवार्ड प्राप्त गरेको थियो ।

    यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने बैंकको लक्ष्यमा थप उर्जा प्रदान गरेको बैंकले जनाएको छ ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend