२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सानिमा बैंकका ग्राहकलाई बस टिकट खरिदमा ‘क्यास ब्याक’ सुविधा


सञ्चार डबली
  • आइतबार, भदौ १५ २०८२
  • 4.1K
    SHARES

  • images
    सानिमा बैंकका ग्राहकलाई बस टिकट खरिदमा ‘क्यास ब्याक’ सुविधा

    काठमाडौं ।  सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्न बससेवासँग सहकार्य गर्दै ‘क्यास ब्याक’ योजना ल्याएको छ।

    बैंकका अनुसार सानिमा भिसा डेबिट वा क्रेडिट कार्डमार्फत अनलाइन भुक्तानी गरी बससेवाबाट बस टिकट खरिद गर्दा ग्राहकले नेपालभित्रको यात्राका लागि १५ प्रतिशत वा अधिकतम २०० सम्म र भारत जाने यात्राका लागि १५ प्रतिशत वा अधिकतम ४०० सम्मको क्यास ब्याक पाउनेछन्।

    यो योजना २०८२ भदौ १५ गतेदेखि लागू भई २०८२ फागुन १४ गतेसम्म कायम रहनेछ। बैंकले यसअघि पनि विभिन्न छुट र अफरमार्फत ग्राहकलाई डिजिटल भुक्तानीतर्फ आकर्षित गर्दै आएको छ।

    सानिमा बैंकले देशका सातै प्रदेशमा १३४ वटा शाखा कार्यालय र १२७ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend