२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सानिमा बैंकका ग्राहकहरुलाई बस सेवाबाट टिकट खरिद गर्दा आकर्षक क्यासब्याक


सञ्चार डबली
  • आइतबार, भदौ १५ २०८२
  • 5.8K
    SHARES

  • images
    सानिमा बैंकका ग्राहकहरुलाई बस सेवाबाट टिकट खरिद गर्दा आकर्षक क्यासब्याक

    काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न बस सेवासँग आकर्षक क्यासव्याकको व्यवस्था गरेको छ ।

    उक्त व्यवस्था अन्तर्गत ग्राहकहरुले सानिमा भिसा डेबिट/क्रेडिट कार्ड मार्फत अनलाइन भुक्तानी गरी बस सेवाबाट नेपालभरिको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम रु.२०० सम्म र भारतको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम रु.४०० सम्मको क्यासव्याक प्राप्त गर्न सक्नेछन् ।

    यो योजना २०८२ भाद्र १५ देखि २०८२ फाल्गुन १४ गतेसम्मका लागि लागू हुनेछ ।

    बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।

    सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend