२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

माछापुच्छ्रे बैंकले ८ प्रतिशत लाभाशं वितरण गर्ने


सञ्चार डबली
  • शुक्रबार, भदौ १३ २०८२
  • 4.6K
    SHARES

  • images
    माछापुच्छ्रे बैंकले ८ प्रतिशत लाभाशं वितरण गर्ने

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको संचालक समितिबैंठकले गत आर्थिक बर्ष २०८१/८२ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ८ प्रतिशत लाभांश (कर सहित) वितरण गर्र्ने निर्णय गरेको छ ।

    नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामिबार्षिक साधारण सभाबाट पारित भए पश्चात बैंकले आफ्ना शेयरधनिलाई ४प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी जम्मा८ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने निणर्य गरेको हो ।

    माछापुच्छ्रे बैंकले देशका हरेकबर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ ।

    नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend