२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सहुलियतपूर्ण कर्जा सीमा र ब्याज अनुदान कार्यविधि सार्वजनिक


सञ्चार डबली
  • शुक्रबार, भदौ १३ २०८२
  • 6.2K
    SHARES

  • images
    सहुलियतपूर्ण कर्जा सीमा र ब्याज अनुदान कार्यविधि सार्वजनिक


    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका सीमा, अवधि र भुक्तानीसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। शुक्रबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यविधि, २०८२’ जारी गर्दै राष्ट्र बैंकले विभिन्न क्षेत्रमा प्रवाह हुने कर्जाको सीमा निर्धारण गरेको हो।

    कार्यविधिअनुसार बैंक तथा वित्तीय संस्थाले कृषि तथा पशुपन्छी कर्जामा अधिकतम पाँच करोड रुपैयाँसम्म प्रवाह गर्न सक्नेछन्। त्यस्तै महिला उद्यमशील कर्जा २५ लाख रुपैयाँसम्म, वैदेशिक रोजगारबाट फर्केका युवाका लागि स्वरोजगार कर्जा २० लाख रुपैयाँसम्म र शिक्षित युवा परियोजना कर्जा पनि २० लाख रुपैयाँसम्म रहनेछ।

    यसैगरी दलित समुदायका लागि भगत सर्वजित उद्यम विकास कर्जा २० लाख रुपैयाँसम्म, स्टार्ट अप उद्यम कर्जा २५ लाख रुपैयाँसम्म, उद्योगमा बोइलर प्रतिस्थापन कर्जाका लागि अधिकतम ५० लाख रुपैयाँसम्म र प्राकृतिक विपद् पीडितलाई निजी आवास निर्माण कर्जा पाँच लाख रुपैयाँसम्म प्रवाह गर्ने व्यवस्था गरिएको छ।

    राष्ट्र बैंकका अनुसार सहुलियतपूर्ण कर्जा किस्ताबन्दीमा भुक्तानी हुने आवधिक प्रकृतिको हुनेछ। एकपटक स्वीकृत भएको कर्जाको सीमा पुनः वृद्धि गर्न नपाइने प्रावधान पनि कार्यविधिमा उल्लेख गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend