२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई सिपी हस्पिटलमा स्वास्थ्य उपचारमा छुट


सञ्चार डबली
  • शुक्रबार, भदौ १३ २०८२
  • 6.3K
    SHARES

  • images
    एन आई सी एशिया बैंकका ग्राहकहरुलाई सिपी हस्पिटलमा स्वास्थ्य उपचारमा छुट

    काठमाडौँ–एन आई सी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिपी हस्पिटल प्रा.लि. र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले धनगढी, कैलालीमा रहेको सिपी हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका हुन् ।

    यस बैंकका ग्राहक महानुभावहरुले OPD, Pathology, X-Ray, USG, Endoscopy, Colonoscopy, Normal Bed, HDU Bed/ICU, A/C Cabin, Surgery, Medicine, CT Scan जस्ता सेवाहरुमा उक्त छुट सुविधा उपभोग गर्न सक्ने भएका छन् । यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक ९ःयद्यबलप० एपमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

    उक्त हस्पिटलसँगको यस सहकार्यले उक्त क्षेत्रमा यस बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend