२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

दशैं, तिहारका लागि इनड्राइभले ल्यायो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन, चालकहरुलाई सुनौलो अवसर


सञ्चार डबली
  • शुक्रबार, भदौ १३ २०८२
  • 4.5K
    SHARES

  • images
    दशैं, तिहारका लागि इनड्राइभले ल्यायो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन, चालकहरुलाई सुनौलो अवसर

    काठमाडौं । विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा दशैं तिहारका लागि “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन सुरुवात गरेको छ । अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रिया पछि, यस पटक अभियानलाई अझ बढी परिस्कृत बनाउने वाचा गर्दै प्लेटिनम ड्राइभर्स गिभअवे शुरुवात गरेको हो ।

    इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेषरुपमा सम्मान र पहिचान गर्न यो क्याम्पेन ल्याएको हो, जसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, टिभीएस रेइडर मोटरसाइकल र प्रिमियम हाई–इण्ड ग्याजेटहरू रहेका छन् ।

    प्लेटिनम ड्राइभर्स गिभअवे दुई रोमाञ्चक चरणहरुमा आयोजना हुँदैछ । एउटा प्रति च्यालेन्ज, जो भाद्र ९ देखि भाद्र १५ गते सम्म सञ्चालनमा भने अर्काे च्यालेन्ज थ्री विक्स, जुन यहि भाद्र १६ गतेदेखि असोज ५ गते सम्म सञ्चालन हुनेछ ।

    जो चालकहरूले यी समय अवधिमा प्लेटिनम स्ट्याटस कायम गर्छन तिनिहरु विक्ली प्राइजका लागि योग्य हुनेछन् । जो चालकहरुले सबै चरणहरुमा प्लेटिनम स्ट्याटस कायम गर्छन तिनिहरु ग्राण्ड प्राइजका लागि योग्य हुनेछन् । ड्राइभर्सले जतिधेरै राइड पुरा गर्नेछन् त्यतिनै धेरै पुरस्कार जित्ने संभावना बढ्नेछ ।

    विजेताहरुलाई टाटा एक्सप्रेस–टी इभी (क्याब ड्राइभर ग्रान्ड प्राइज) र टीभीएस रेइडर मोटरसाइकल (बाइक राइडर ग्रान्ड प्राइज) पुरस्कारको व्यवस्था छ भने साप्ताहिक बिजेताहका लागि स्मार्टफोनहरु, स्मार्टवाचहरु, र इयरबड्स प्रदान गरिने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend