२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

फोनपे क्रेडिट कार्डबाट कारोबार गर्दा ५० प्रतिशतसम्म छुट


सञ्चार डबली
  • शुक्रबार, भदौ १३ २०८२
  • 4.1K
    SHARES

  • images
    फोनपे क्रेडिट कार्डबाट कारोबार गर्दा ५० प्रतिशतसम्म छुट

    काठमाडौं ।  फोनपेले आफ्ना साझेदार बैंकहरू – सिटिजन्स इन्टरनेशनल बैंक, एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, गरिमा विकास बैंक र शाइन रेसुङ्गा विकास बैंकसँग सहकार्य गर्दै नयाँ फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि विशेष क्यासब्याक अभियान सुरु गरेको छ।

    यस अभियान अन्तर्गत, नयाँ प्रयोगकर्ताले फोनपे क्रेडिट कार्डमार्फत गरिएको कारोबारमा ५० प्रतिशतसम्म (अधिकतम ५००) क्यासब्याक प्राप्त गर्नेछन्। यो योजना भदौ ११ गतेदेखि लागू भएको हो।

    गत वर्षदेखि बजारमा आएको फोनपे क्रेडिट कार्डले परम्परागत कार्डका सुविधालाई डिजिटल प्रविधिसँग जोडेर नेपाली उपभोक्तामाझ नयाँ अनुभव दिलाउँदै आएको छ। केवल एक वर्षमै यसको प्रयोगकर्ता संख्या १२,००० नाघिसकेको कम्पनीले जनाएको छ।

    साझेदार बैंकहरूको मोबाइल बैंकिङ एपमार्फत सेकेन्डमै जारी हुने यस कार्डले फारम भर्ने झन्झट र पर्खाइ समयलाई हटाइदिएको छ। कार्ड सक्रिय गरेपछि ग्राहकले नेपालभरका १७ लाखभन्दा बढी फोनपे QR व्यापारीहरूमा स्क्यान गरेर सहजै भुक्तानी गर्न सक्छन्, जसले यसलाई नेपालकै सबैभन्दा धेरै स्वीकार हुने क्रेडिट कार्ड बनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend