२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रधानमन्त्री दाहालको राजीनामा माग्ने एमालेको कदम असंसदीयः सत्तारुढ गठबन्धन


सञ्चार डबली
  • बिहीबार , असार २१ २०८०
  • 10.1K
    SHARES

  • images
    प्रधानमन्त्री दाहालको राजीनामा माग्ने एमालेको कदम असंसदीयः सत्तारुढ गठबन्धन

     

    काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्ने प्रमुख प्रतिपक्षी दल एमालेको कमद असंसदीय भएको सत्तारुढ गठबन्धनले ठहर गरेको छ । बिहीबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय भएको ठहर गरेको हो । सो बैठकले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने निर्णय पनि गरेको छ ।

    आफूलाई प्रधानमन्त्री बनााउन प्रितम सिंह धेरैपटक दिल्ली जानु भएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले राजीनामा मागेको छ । प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै एमालेले बुधबार संघीय संसदका दुवै सदन अवरुद्ध गरेको थियो । यसपछि बिहीबार बिहान बसेको सत्तारुढ गठबन्धन बैठकले एमालेको कदम असंसदीय भन्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुनपर्ने निर्णय गरेको हो ।

    बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत लगायतका नेताहरु सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend