२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजदेखि सर्वसाधारणका लागि बन्दिपुर केवलकार एण्ड टुरिजमले निष्कासन गर्यो आईपीओ 


सञ्चार डबली
  • बुधबार, भदौ ११ २०८२
  • 5.7K
    SHARES

  • images
    आजदेखि सर्वसाधारणका लागि बन्दिपुर केवलकार एण्ड टुरिजमले निष्कासन गर्यो आईपीओ 

    काठमाण्डौं । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल ४३ लाख ४१ हजार ८० कित्ता सेयर जारी गरेको हो ।

    लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका तोकिएका शाखाबाट वा ‘मेरो शेयर’ प्रणालीमार्फत दिन सकिनेछ । आईपीओमा आवेदन दिने अन्तिम म्याद छिट्टैमा भदौ १५ गते र ढिलोमा भदौ २५ गतेसम्म रहनेछ ।

    आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले लिएको छ । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीलाई धितोपत्र बोर्डले कुल ५८ लाख ६० हजार कित्ता सेयर निष्कासनको अनुमति दिएको थियो । जसअन्तर्गत आयोजना प्रभावित क्षेत्रका लागि ५ लाख ६६ हजार ५ सय कित्ता र विदेशमा रहेका नेपाली श्रमिकका लागि ५ लाख २९ हजार ४०० कित्ता सेयर छुट्याइएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend