२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपाल बैंक र माउन्टेन भिस्टा रिट्रिटबिच सम्झौता, ग्राहक र कर्मचारीलाई विशेष छुट


सञ्चार डबली
  • बुधबार, भदौ ११ २०८२
  • 4.3K
    SHARES

  • images
    नेपाल बैंक र माउन्टेन भिस्टा रिट्रिटबिच सम्झौता, ग्राहक र कर्मचारीलाई विशेष छुट

    काठमाडौँ - नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र रिसोर्ट माउन्टेन भिस्टा रिट्रिट प्रा.लि.बिच सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका ०२, स्थित रहेको रिसोर्ट माउन्टेन भिस्टा रिट्रिटको सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । 

    सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई माउन्टेन भिस्टा रिट्रिटले प्रदान गर्ने रिसोर्टका विविध सेवाहरुमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।   

    सम्झौता पत्रमा मिति २०८२ साल भदौ ०९ गते बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र माउन्टेन भिस्टा रिट्रिटको तर्फबाट निर्देशक प्रदिप शर्मा पौडेलले हस्ताक्षर गरे । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend