२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

राष्ट्र बैंकद्वारा एक हजारको नयाँ नोट छपाईका लागि टेन्डर आह्वान, ४३ करोड थान छापिँदै


सञ्चार डबली
  • मंगलबार, भदौ १० २०८२
  • 5.1K
    SHARES

  • images
    राष्ट्र बैंकद्वारा एक हजारको नयाँ नोट छपाईका लागि टेन्डर आह्वान, ४३ करोड थान छापिँदै

    काठमाडौँ–नेपाल राष्ट्र बैंकले ४३ करोड थान हजार रुपैयाँ दरका नयाँ नोट छपाइका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको छ । यसमा पूर्व–योग्यता प्राप्त सुरक्षा छापाखानाहरू मात्र सहभागी हुन पाउने गरि छपाइ र आपूर्तिका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरिएको हो ।

    बोलपत्र पेश गर्ने अन्तिम मिति २०८२ असोज २४ गते दिउँसो १२ बजेसम्म तोकिएको छ भने सोही दिन दिउँसो १ बजे खोलिनेछ । यसका लागि बोलपत्र कम्तीमा १२० दिनसम्म वैध हुनुपर्नेछ । बोलपत्रसँगै न्यूनतम ६ करोड ४० लाख रुपैयाँ बराबरको जमानत अनिवार्य गरिएको छ ।

    म्याद ०८२ फागुन २५ सम्म कायम हुनुपर्नेछ । टेन्डर दस्तावेज २०८२ असोज ९ गतेसम्म खरिद गर्न सकिनेछ । दस्तावेज शुल्क नेपाली रुपैयाँमा २० हजार तोकिएको छ । वैकल्पिक रूपमा अमेरिकी डलर, युरो वा पाउण्ड स्टर्लिङमा पनि शुल्क तिर्न सकिने व्यवस्था छ । शुल्क राष्ट्र बैंककै खातामा जम्मा गर्नुपर्ने हुन्छ ।

    राष्ट्र बैंकले प्री–बिड बैठक भदौ ३० गते बिहान ११ बजे थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा राखेको छ । कालो सूचीमा रहेका कम्पनी वा तिनका सञ्चालक–लगानीकर्ताहरू यस टेन्डरमा सहभागी हुन नपाउने प्रावधान रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend