२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

हिमालयन इन्भेष्टमेन्ट बैंकरले भदौ ३१ गते बोलायो साधारणसभा


सञ्चार डबली
  • सोमबार, भदौ ९ २०८२
  • 3.8K
    SHARES

  • images
    हिमालयन इन्भेष्टमेन्ट बैंकरले भदौ ३१ गते बोलायो साधारणसभा

    काठमाडौं ।  हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले साधारणसभा डाकेको छ । बैंकरको सञ्चालक समितिको बैठकले भदौ ३१ गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । बैठकको निर्णय बमोजिम सभा काठमाडौंको नयाँ बानेश्वरमा रहेको कम्पनीको सभाहलमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

    सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरणहरू पारित गर्ने एजेन्डा रहेको छ ।

    साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक समूहको तर्फबाट मनोनित सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव सभाको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend