२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एनआईसी एशिया बैंकका ग्राहकले ल्याल्डमार्क होटल एन्ड रिसोर्टमा छुट सुविधा पाउने


सञ्चार डबली
  • आइतबार, भदौ ८ २०८२
  • 11.0K
    SHARES

  • images
    एनआईसी एशिया बैंकका ग्राहकले ल्याल्डमार्क होटल एन्ड रिसोर्टमा छुट सुविधा पाउने

    काठमाडौं- एनआईसी एशिया बैंकका ग्राहकहरुलाई ल्याल्डमार्क होटल एन्ड रिसोर्टमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा उक्त रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

    यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेको यस रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    यस बैंकका ग्राहकहरुले खाना तथा पेय पदार्थमा १० प्रतिशत र आवास सेवा लिँदा १५ प्रतिशतको विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ । ग्राहकहरुले पोखरा, तनहुँ, काठमाडौं, भैरहवा, भरतपुर र चितवनमा सञ्चालनमा रहेको उक्त रिसोर्टस्बाट उक्त छुटहरु प्राप्त गर्न सक्नेछन् ।

    यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।

    उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend