२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

लगानी बोर्डद्वारा तल्लो अप्सुवा जलविद्युतलगायत ठूला परियोजनामा लगानी स्वीकृत


सञ्चार डबली
  • शनिबार, भदौ ७ २०८२
  • 5.3K
    SHARES

  • images
    लगानी बोर्डद्वारा तल्लो अप्सुवा जलविद्युतलगायत ठूला परियोजनामा लगानी स्वीकृत

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले तल्लो अप्सुवा जलविद्युत परियोजना (५४ मेगावाट) को लागि ८ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत गरेको छ ।

    शुक्रबार बसेको बैठकले पश्चिम सेती जलविद्युत परियोजना (८०० मेगावाट) को परियोजना विकास सम्झौता तथा वित्तीय ढाँचा तयारी गर्न वार्ता समिति गठन गर्ने निर्णय गरेको हो । यसबाहेक, पाँचखाल विशेष आर्थिक क्षेत्र र काठमाडौँ–हेटौँडा–वीरगञ्ज पोडवे परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न अनुमति दिइएको छ ।

    साथै, माथिल्लो कर्णाली जलविद्युत परियोजना (९०० मेगावाट) को नयाँ प्रसारण लाइन रुटको सम्भाव्यता तथा वातावरणीय अध्ययन गर्न कर्णाली ट्रान्समिशन प्रालिलाई सहमति प्रदान गरिएको छ । बैठकमा उपप्रधानमन्त्री, अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष, राष्ट्र बैंकका गभर्नरलगायत उच्च अधिकारीहरूको उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend