२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

राष्ट्र बैंकले मुद्दती निक्षेपमा २ अर्ब ७७ करोड रुपैयाँ लगानी गर्ने, केके छन् सर्तहरू ?

बैंकले विभिन्न कोषमा रहेको २ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो।


सञ्चार डबली
  • शुक्रबार, भदौ ६ २०८२
  • 5.4K
    SHARES

  • images
    राष्ट्र बैंकले मुद्दती निक्षेपमा २ अर्ब ७७ करोड रुपैयाँ लगानी गर्ने, केके छन् सर्तहरू ?

    काठमाडौँ - नेपाल राष्ट्र बैंकले बैंकहरूको मुद्दती निक्षेपमा २ अर्ब ७७ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले विभिन्न कोषमा रहेको २ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो। 

    यसका लागि राष्ट्र बैंकले भदौ ८ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव दिन बैंकहरूलाई आह्वान गरेको छ। राष्ट्र बैंकले कुल रकममा वाणिज्य बैंकमा २ अर्ब २२ करोड १४ लाख, राष्ट्रियस्तरका विकास बैंकमा ४१ करोड ६५ लाख र राष्ट्रियस्तरका वित्त कम्पनीमा १३ करोड ८८ लाख रुपैयाँ लगानी गर्ने जानकारी दिएको छ। लगानी अवधि ३६६ दिनको हुनेछ र वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूले प्रतिष्पर्धात्मक प्रस्ताव पेश गर्न सक्नेछन्।

    प्रस्ताव पेश गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकको वेबसाइटमा प्रकाशित शर्तहरू पूरा गर्नुपर्नेछ। 

    यसमा न्यूनतम पुँजी अनुपात, निष्क्रिय कर्जा (एनपिएल) अनुपात ८ प्रतिशत र खुद एनपिएल ३ प्रतिशतभन्दा कम हुनु, तरल सम्पत्ति र कर्जा निक्षेपको निर्धारित सीमा भित्र हुनु, हालको आर्थिक वर्षको खुद मुनाफा भएको हुनु, सुधारात्मक कारबाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनु आदि सर्तहरू समावेश छन्। उक्त प्रस्ताव इमेलमार्फत पठाउनुपर्ने अन्तिम म्याद भदौ ९ गते राति १२ बजेसम्म तोकिएको छ।

    1.JPG

     

    2.JPG

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend